• vacancy ad
  • गजल

    २०७८ असार ५, शनिबार १५:५९ मा प्रकाशित
  • Ad Space available
  • देबी बाँस्काेटा
  • Ad Space available
  • सबको ओठ मुस्काउँदा मेरो आँखा टिलपिल थियो
    बाहिर भरिपूर्ण देखिए पनि खाली त दिल थियोे ।।

    सपनाको फुलबारिमा रोप्दै थिएँ सुन्दर फुल
    चस्स मुटु दुख्यो जाँची हेर्दा पिरतीको खिल थियो।।

    ad space

    चोखो दिल दिएको थिएँ उपहार भनी तिमीलाई
    तिम्रो उपहारमा अर्कैको नाम लेखेको सिल थियो ।।

    एक्लै चढ्दै थिएँ जिम्मेवारीका चुनौतीला पहाड
    बाटो भरी प्रश्नले भरिएको मँहगो बिल थियो ।।

    तिमीसँगै रमाउने मन नभएको त कहाँ होर
    हामी बिच समाजिक बन्धनको अग्लो डिल थियो ।।

    सबै हाँस्दा म पनि सँगसँगै रमाउन खोज्दै थिएँ
    साथमा तिमी नभैदिदा ज्यानलाई मुस्किल थियो ।।

    ०००००००००००००००००००००००००००००००००००००००००००

    फूलबारी फूल दिदा काँडा बन्याे तिमी जस्तै !
    बेर्दा बेर्दै खुशी पनि टाडा बन्याे तिमी जस्तै !!

    सैधैभरी मायागरि बाँधाै भन्छु अँगालाेमा
    केले राेक्याे केले छेक्याे डाँडा बन्याे तिमी जस्तै !!

    सपनाकाे ईन्द्रणीमा बिपनाकाे नाऊ तर्नु
    मात्र मन भुलाउने भाडा बन्याे तिमी जस्तै !!

    जति जति बिर्सन खाेज्छु तिताे अतितलाई
    आईदिने याद झन गाडा बन्याे तिमी जस्तै !!

    झुपडी मै बसे पनि जति बन्दन कसे पनि
    बेलगाम रहरहरु छाडा बन्याे तिमी जस्तै!!

    देबी बाँस्काेटा
    फालेलुङ्ग – ७ पाँचथर
    हाल: ललितपुर

  • ad space
  • सिफारिस
    लोकप्रिय