बंगलादेशविरुद्धकाे पहिलाे मैत्रीपूर्ण खेलकाे पहिलाे हाफमा नेपाली महिला टिमले २-० काे अग्रता बनाएकाे छ ।
दशरथ रंगशालामा पहिलाे पटक खेलिरहेकाे नेपालले २३ मिनेटभित्र नै दुई गाेल गरेकाे हाे । दुवै गाेल पहिलाे पटक राष्ट्रिय टिममा खेल्दै गरेका दुई खेलाडीले गरे ।
नेपाल यू-१५ टोलीको कप्तानसमेत रहेकी प्रितीले डेब्यु आले खेलमै राष्ट्रका लागि गोल गरेकी हुन् । यसअघि सविता राना मगरले नेपाललाई अग्रता दिलाएकी थिइन् ।
सविताले खेलको १४ मिनेटमा नेपाललाई अग्रता दिलाइन् । सविताले राइट विंकर बिमला चौधरीको पासमा हेडिङ गोल गरेकी हुन् ।
बंगलादेश गोलरक्षक रुप्ना चक्मा अगाडि बढेको फाइदा उठाउँदै सविताले राष्ट्रिय महिला फुटबल टोलीबाट पहिलो खेलमा पहिलो गोल गरेकी हुन् ।
सिफारिस
लोकप्रिय


