• vacancy ad
  • सदाचार अभिवृद्धि र क्षमता विकासका ध्यान दिन जोड

  • Ad Space available
  • काठमाडौ , २०८१ चैत २९ |
    गुल्मेली अधिकृत समाज काठमाडौंले एक कार्यक्रम गरि नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान र भित्ते पात्रो विमोचन गरेको छ। काठमाडौंको बबरमहलस्थित शहरी विकास विभागको सभाहलमा भएको कार्यक्रममा यो वर्ष शाखा अधिकृत हुन सफल साथै विभिन्न पदमा पदोन्नति भएका अधिकृत कर्मचारीलाई सम्मान गरिएको छ।


    समाजका अध्यक्ष डा. रामप्रसाद घिमिरेको अध्यक्षतामा भएको सो कार्यक्रममा सहभागीहरूले गुल्मेलीको एकताबद्ध प्रयास, सम्पर्क र सम्बन्ध बढाउन , सबैले समाज र जिल्लामा सक्दो योगदान गर्न लाग्नुपर्नेमा जोड दिनुभयो ।


    कर्मचारीले आफ्नोे क्षमता विकास गर्दै सदाचार कायम गर्न सके सेवाप्रवाह सहज हुने र जनमुखी प्रशासन सञ्चालन गर्न सहयोग पुग्ने भन्दै पूर्व सचिव कृष्ण ज्ञवालीले जनताको सेवा मा निष्ठापूर्वक लाग्न आग्रह गर्नुभयो ।

    सिफारिस
    लोकप्रिय