• vacancy ad
  • वामदेव गौतमले छोडे एमाले

  • Ad Space available
  • नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी छोडेका छन् । पार्टी मुख्यालय थापाथलीमा गएर उनले आफूले पार्टी छाडेको जानकारी गराएका हुन् ।

    गौतमले पार्टी परित्याग गरेको पत्र पार्टी अध्यक्ष केपी ओलीलाई पठाएको एमाले केन्द्रीय सचिव शेरबहादुर तामा‌ङले बताए ।

    उपाध्यक्ष गौतमले अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गरेर एमालेको कार्यालय सचिव तामाङलाई राजीनामा बुझाएको गौतमका स्वकीय सचिव दिपक टमाटाले खरीबोटलाई जानकारी दिएका छन् ।

    उनले विगत लामो समयदेखि नै अध्यक्ष ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाउदै आएका थिए ।

    राजीनामापछि नेता गौतम कुन पार्टीमा जाने भन्ने स्पष्ट रहेको छैन ।

    सिफारिस
    लोकप्रिय