• vacancy ad
  • मदन भण्डारीका रजिष्ट्रार प्रसाईंले गरे आफ्नै श्रीमतीलाई कार्यालय सहायकमा नियुक्त

  • Ad Space available
  • हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाईंले आफ्नी श्रीमतीलाई प्रतिष्ठानको कार्यालय सहायकमा नियुक्त गरेका छन्।

    प्रदेश लोकसेवा आयोगमार्फत कर्मचारी नियुक्ति गर्नुपर्ने प्रावधान मिचेर प्रसाईंले श्रीमती कमला प्रसाईं निरौलालाई कार्यालय सहायकमा नियुक्त गरेका हुन्। उक्त पदमा एक जना कर्मचारी माग भएकोमा रजिष्ट्रार प्रसाईंकी श्रीमतीसहित पाँचजनाले आवेदन दिएका थिए। रजिष्ट्रार प्रसाईं उम्मेदवारहरूको परीक्षा र अन्तर्वार्तामा सहभागी भएका थिए।

    ad space

    प्रसाईंको संयोजकत्वमा रहेको पदपूर्ति समितिले कार्यालय सहायकसहित विभिन्न पदमा १४ जना कर्मचारी नियुक्ति गरेको छ। प्रदेश लोक सेवा आयोग गठन भइसकेको अवस्थामा आफ्नै नजिकका मानिस भर्ति गर्न प्रतिष्ठानले लोक सेवा आयोग छलेको भन्दै आलोचना भइरहेको छ।

    यता रजिष्ट्रार प्रसाईंले आफू अन्तरवार्तामा नबसेको र अन्तरवार्ता छनौट कमिटीले योग्यताकै आधारमा छनोट गर्दा आफ्नी श्रीमती छानिएको दाबी गरेका छन्। उनी बागमती प्रदेशको निवर्तमान प्रदेश प्रमुख विष्णु प्रसाईंको छोरा हुन्। 

  • ad space
  • सिफारिस
    लोकप्रिय