

स्थानीय तहको निर्वाचन ४ जेठ २०७९मा गर्ने तयारी गरिएको छ । निर्वाचन आयोगसँगको छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवाले ४ जेठको प्रस्ताव गरेसँगै आयोग त्यही मितिमा गर्न सहमत भएको छ ।
बालुवाटारमा मंगलबार आयोगका पदाधिकारीसँग प्रधानमन्त्रीले भेट गरेका थिए ।
स्थानीय निर्वाचन ऐन अनुसार नै चुनाव गर्न आयोगले सरकारको ध्यानाकर्षण गराएको थियो । शनिबार सत्तारुढ दलले जेठमा निर्वाचन गर्ने निर्णय लिएका थिए ।
स्थानीय तहको निर्वाचन गर्नको लागि १२ अर्ब रुपैयाँ बजेट लाग्ने निर्वाचन आयोगको अनुमान रहेको छ ।
सिफारिस
लोकप्रिय