• vacancy ad
  • नेपालले टस जितेर ब्याटिङ रोज्यो

  • Ad Space available
  • पपुवा न्युगिनीविरुद्धको दोस्रो मैत्रीपूर्ण अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा नेपालले टस जिते र ब्याटिङ गर्ने भएको छ ।

    शुक्रबार ओमानको मस्कटमा नेपालका कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका हुन् । नेपालले पहिलो पटक एक दिवसीय क्रिकेटमा दिवा–रात्रि खेल खेल्न लागेको हो । खेल नेपाली समयअनुसार अपराह्न सवा ४ बजे सुरू हुनेछ ।

    ad space

    दोस्रो खेलमा विकेट किपर विनोद भण्डारी, करण केसी र सुशन भारीले स्थान बनाएका छन् । चोटका कारण उपकप्तान दिपेन्द्र सिंह ऐरीले आराम गर्नेछन् । यस्तै शरद भेषावकर, आरिफ शेख र पवन सरार्फ भने सुरुवाती –११ बाहिर रहनेछन् ।

  • ad space
  • सिफारिस
    लोकप्रिय