• vacancy ad
  • नेपालले पायो १३५ रनको लक्ष्य, सन्दीपले लिए ४ विकेट

  • Ad Space available
  • पपुवा न्युगिनी विरुद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपालले जितका लागि १३५ रनको सामान्य लक्ष्य पाएको छ ।

    ओमानको अल अमिरात क्रिकेट मैदानमा आज शुरु भएको खेलमा पपुवा न्युगिनीले टस जितेर ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गर्ने निर्णय गरेको हो । पपुवा न्युगिनीले निर्धारित ५० ओभरको खेलमा ३३ ओभरमा सवै विकेट गुमाएर १३४ रन बनायो । पपुवा न्युगिनीका लागि लेगा सिकाले सर्वाधिक ३० रन बनाए । यस्तै चाल्र्स अमिनीले २३, गौडी टोकाले २२, किप्लिन डोरिगाले १५, चाड सोपरले अविजित १७, सेसे बाउले १४ र कप्तान असाद भालाले ४ रन मात्र बनाए । टोनी उरा र नोसिना पोकाना एक एक रनमा समेटिए भने जासन किला र डामिन राभु रन नबनाइकनै पेभेलियन फर्किए ।

    ad space

    पपुवा न्युगिनीको पारीलाई न्यून स्कोरमा खुम्च्याउने क्रममा नेपालका लेग स्पिनर सन्दीप लामिछाने एक्लैले चार विकेट लिए । यस्तै आजको खेलमा डेब्यू गरेक ाविक्रम सोबले दुई विकेट लिए । कुशल मल्लले दुई तथा सोमपाल कामीले एक विकेट लिए ।

    आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले पपुवा न्युगिनीसँग दुई खेल खेल्न लागेको हो । नेपालले अहिले जवाफी व्याटिङ गरिरहेको छ ।

  • ad space
  • सिफारिस
    लोकप्रिय