• vacancy ad
  • प्रदेश २ : एमालेका ११ सांसदले रोजे एकीकृत समाजवादी

  • Ad Space available
  • प्रदेश २ मा नेकपा (एमाले)का ११ जना सांसदले नेकपा (एकीकृत समाजवादी) रोजेका छन्।

    बिहीबार निर्वाचन आयोगको प्रदेश कार्यालय पुगेर उनीहरूले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन्। १० जनाले शरीर सनाखत गराएका छन् भने १ जनाले मञ्जुरीनामा मार्फत सनाखत गराएका हुन्।

    आज सनाखत गरेका सांसदमा मदनसेन श्रीवास्तव, नागेन्द्र यादव, गोविन्द न्यौपाने, शत्रुधन महतो, रवीन्द्र बैठा, मञ्जु यादव, हसिमा खातुन, बेची लुंगेली, अशोक यादव र प्रमोद यादव छन्।

    प्रदेश सभा सदस्य डिल्ली उप्रेती क्यान्सरको उपचारका क्रममा दिल्लीमा छन्। उनले दिल्लीबाटै निवेदन दिएका छन्। आफ्नो पार्टीका नेता झलनाथ खनाललाई जसरी सनाखत गराइएको थियो, सोही प्रक्रियामार्फत सनाखत गराइएको हो।

    सिफारिस
    लोकप्रिय