• vacancy ad
  • झलनाथ खनालको उपचार खर्चबारे सर्वोच्चले माग्यो सरकारसँग जवाफ

  • Ad Space available
  • नेकपा (एकीकृत समाजवादी)पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई विदेशमा गएर उपचार गराएको खर्च भरेको विषयमा सर्वोच्च अदालतले सरकारसँग लिखित जवाफ माग गरेको छ ।

    बुधबार न्यायाधीश ईश्वरप्रसाद खवितडाको एकल इजलासले सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको हो । मिर्गौला रोगबाट पीडित पूर्वप्रधानमन्त्री खनालको उपचारका लागि सरकारले ३१ लाख रुपैयाँ सहयोग दिएको थियो ।

    ad space

    भदौ १३ अधिवक्ता विमल पोखरेलले विदेशमा गरिएको उपचार खर्च राज्यकोषबाट व्यहोर्नु जनस्वास्थ्य ऐन २०७५ विपरीत हुने भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र झलनाथ खनाललाई विपक्षी बनाइ रिट दायर गरेका थिए ।

    खनाल २ महिना लामो उपचारपछि हिजो नेपाल फर्किएका छन् ।

  • ad space
  • सिफारिस