• vacancy ad
  • भुवन केसीलाई मन पर्ने आफ्नै ५ फिल्म: ‘करोडपति’ देखि ‘सम्झना’सम्म

  • Ad Space available
  • नेपाली फिल्ममा सदाबहार अभिनेताको रुपमा परिचित छन्, भुवन केसी । उनले लामो समय नेपाली फिल्म क्षेत्रमा राज गरे । सय बढी फिल्ममा काम गरिसकेका भुवनले धेरै सफल फिल्ममा काम गरेका छन् ।

    धेरै सफल फिल्ममा काम गरिसकेका भुवन आफैंलाई मन परेका फिल्महरु चाहिँ कुन कुन हुन् त ?

    ad space

    १. करोडपति

    करोडपति एक सफल फिल्म हो, फिल्मलाई किशोर राणाले निर्देशन गरेका थिए । त्यस फिल्ममा भुवन साधारण मेकानिक्सको भूमिकामा प्रस्तुत भएका थिए । सामान्य मेकानिक्सले पनि आफूले चाहेको कुरा पूरा गर्न सक्छ भन्ने सन्देश दिएको उक्त फिल्ममा भुवन केसी र सुस्मिता केसीको अभिनय छ ।

    ‘उक्त फिल्ममा मैले सामान्य मेकानिक्सको भूमिकामा काम गरेको छु’, भुवन भन्छन्, ‘त्यो फिल्ममा अरु फिल्ममा भन्दा फरक क्यारेक्टर गर्न पाएकाले मलाई करोडपति मन पर्छ ।’ यो फिल्मले हलमा १०० दिन मनाएको थियो ।

    २. नेपाली बाबु

    भुवन केसी आफैंले निर्माण गरेको फिल्म हो नेपाली बाबु । नेपाली बाबुमा भुवन केसी र जल शाहको अभिनय रहेको छ । फिल्मलाई युगेन चोपेलले निर्देशन गरेका थिए ।

    नेपाली बाबुले केही मात्रमा भए पनि राष्ट्रिय कुरा उठाएकोले भुवनको रोजाइमा उक्त फिल्म परेको हो । भन्छन्, ‘फिल्ममा नेपालीपनलाई देखाइएको छ, फिल्मको गीतबाट पनि त्यो देखाउँछ ।’

    ३. म तिमी बिना मरिहाल्छु

    म तिमी बिना मरिहाल्छु पनि एक सफल फिल्म हो । फिल्मले हलमा ५१ दिन मनाएको थियो । फिल्ममा भुवन केसीसँगै झरना थापले पनि अभिनय गरेकी थिइन् । फिल्ममा उनी आर्मी अफिसरको भूमिकामा प्रस्तुत भएका थिए ।

    भुवनको बुबालगायत घर परिवारको इच्छा भुवन एक वास्तविक आर्मी अफिसर भएको हेर्ने चाहना थियो । ‘परिवारको इच्छा फिल्ममा भए पनि पूरा गरेकाले मलाई यो फिल्म मन पर्छ’, भुवन भन्छन्, ‘त्यो फिल्ममा गरेको भूमिकाबाट मेरो परिवार पनि खुसी हुनुभएको थियो ।’

    ४. कुसुमे रुमाल

    नेपाली फिल्म इतिहासमा सर्वाधिक रुचाइएको फिल्म हो कुसुमे रुमाल । उक्त फिल्ममा भुवन केसी सामान्य गाउँले केटाको भूमिकामा प्रस्तुत भएका थिए । उनको त्यो भूमिकालाई पनि दर्शकले मन पराए ।

    भुवन यो फिल्म नेपाली फिल्म क्षेत्रको पहिलो सुपरहिट फिल्म भएर मन पराएको बताउँछन् । भन्छन्, ‘नेपाली फिल्म इतिहासमा ‍पहिलो सुपरहिट फिल्म हो ‘कुसुमे रुमाल’, यसले नेपाली फिल्म क्षेत्रमा एक गहिरो छाप छोडेको छ ।’

    ५. सम्झना

    भुवन केसीको दोहोरो भूमिका रहेको पहिलो फिल्म हो सम्झना । उनले त्यस फिल्ममा बाबुछोरा दुवैको भूमिका निर्वाह गरेका थिए । २४ वर्षको हुँदा नै बूढोमान्छेको भूमिकामा देखिन पाएकाले उक्त फिल्म आफूलाई मन परेको भुवन बताउँछन् ।

    ‘मैले यस फिल्ममा दोहोरो भूमिका निभाएको छु । यो नै मेरो पहिलो दोहोरो भुमिकाको फिल्म हो । त्यसैले पनि यो फिल्म मन पर्छ’, भुवनले भने ।

  • ad space
  • सिफारिस
    लोकप्रिय