• vacancy ad
  • नेपाल समूहका को-को परे कारबाहीमा ?

  • Ad Space available
  • नेकपा एमालेले पार्टीको अनुशासन विपरीत आचरण गरेको भन्दै वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ जना सांसदलाई कारबाही गरेको छ ।

    एमालेले उनीहरूलाई सांसद पदबाट पदमुक्त गर्न संसद सचिवालयमा र निर्वाचन आयोगमा पत्र बुझाएको छ ।

    ad space

    निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले कारबाहीका लागि संसद सचिवालयमा पठाएको पत्रको बोधार्थ आयोगमा आइपुगेको जानकारी दिए ।

    संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई र सचेतक शान्ता चौधरीले संसद सचिवालयमा पुगेर कारबाहीको पत्र दर्ता गराएका थिए ।

    कारबाहीमा परेका नेपाल समूहका सांसद :

    १.माधव नेपाल
    २.विरोध खतिवडा
    ३.मेटमणी चौधरी
    ४.जीवनराम श्रेष्ठ
    ५.मुकुन्द न्यौपाने
    ६.कृष्णलाल महर्जन
    ७.रामकुमारी झाँक्री
    ८.कल्याणी खड्का
    ९.लक्ष्मीकुमारी चौधरी
    १०.निरादेवी जैरु
    ११.पुष्पाकुमारी कर्ण
    १२.सरला यादव
    १३.कलिला खातुन
    १४.भवानी खापुङ

  • ad space
  • सिफारिस
    लोकप्रिय