• vacancy ad
  • बाबु बितेर बिचल्ली परेका तीन बालिकालाई सेभ हाउसले पढाउने

  • Ad Space available
  • बाबु बितेर बिचल्लीमा परेका डोटीको सायल गाउँपालिका–२ सिर्मागाउँका गणेश ओलीका तीन जना छोरीलाई महिला तथा बालबालिका सेभ हाउस सिलगढीले पढाउने भएको छ । केही दिन पहिले गाउँ नजिकैको जङ्लमा घास काट्न गएका बेला गणेशको भीरबाट लडेर मृत्यु भएको थियो ।

    घरमा कमाइ गर्ने एक मात्र अभिभावक बुबाको केही दिन पहिले लडेर मृत्यु भएपछि बिचल्लीमा परेका तीन जना बालिकाको पढाइदेखि अन्य खर्च बेहोर्ने निर्णय गरी उद्धार गरिएको महिला तथा बालबालिका सेभ हाउसका अध्यक्ष जानकी मलासीले बताइन् । कैलालीमा रहेको सेभ हाउसमा राखेर उनीहरुको पालनपोषणदेखि पढाइको व्यवस्था मिलाइएको स्थानीयवासी तेज डुम्रेलले जानकारी दिए ।

    उक्त संस्थाले सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लामा रहेका अभिभावक गुमाएर बिचल्लीमा परेका, एकल तथा आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिकाको उद्धार गरी पढाउँदै आएको छ ।

    सिफारिस
    लोकप्रिय