एजेन्सी। फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले अर्जेन्टाइन स्टार लियोनल मेस्सीलाई २ वर्षको सम्झौताका लागि औपचारिक प्रस्ताव राखेको छ।
आइतबार क्याम्प नाउमा भावुक पत्रकार सम्मेलन गरेर बिदा भएका मेस्सीलाई पीएसजीले दुई वर्षको सम्झौता गर्न प्रस्ताव गरेको हो। पत्रकार सम्मेलनमा मेस्सीले पीएसजी एक विकल्प भएको बताएका थिए।
पीएसजीले मेस्सीलाई कर काटेर वार्षिक २५ मिलियन पाउण्ड तलब दिने प्रस्ताव गरेको छ। मेस्सीका प्रतिनिधिले पीएसजीको प्रस्तावमा समीक्षा गरेपछि सम्झाैता हुने या नहुने भन्ने टुंगो लाग्नेछ। ६ पटकको बालोन डी ओर विजेता मेस्सीले बार्सिलोनामा २१ वर्ष बिताएर बिदा भएका हुन्।
सिफारिस
लोकप्रिय