त्रिभुवन विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहका सबै परीक्षा अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको छ।
त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको सोमबार बसेको बैठकले यही १४ गतेदेखिका सबै वार्षिक र सेमेस्टर परीक्षाहरू अर्को सूचना नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो।
परीक्षा चलिरहेका बेला कोभिड-१९ को दोस्रो लहर आएर विभिन्न ठाउँमा निषेधाज्ञा जारी भएकाले परीक्षा सञ्चालनमा कठिनाइ भएको त्रिविले जनाएको छ।
यसअघि आइतबार बसेको सिसिएमसीको बैठकले सबै परीक्षाहरू स्थगित गर्न निर्देशन दिएको थियो।
त्रिविले आइतबारका परीक्षा भने सञ्चालन गरेको थियो।
सिफारिस
लोकप्रिय