• vacancy ad
  • देउवालाई विश्वासको मत दिनु हाम्रो कर्तव्य हो : झाँक्री

  • Ad Space available
  • नेकपा एमाले सांसद रामकुमारी झाँक्रीले संसदको पूरा कार्यकाल संचालन गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनुपर्ने धारणा व्यक्त गरेकी छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उलने अदालतले परमादेशको आदेश जारी गरेपछि बनेको सरकार र प्रधानमन्त्रीलाई विश्वासको मत आफूहरूको कर्तव्य भएको बताएकी छन् ।

    उनले सकिने भए नेकपा एमालेले संस्थागत निर्णय गरी फ्लोरमा बसेर विश्वासको मतको पक्षमा भोट हाल्न पनि आग्रह गरेकी छन् । त्यस्तो हुन नसके २३ जना सांसदले विश्वासको मत दिनु आफूहरूको कर्तव्य हुने बताइन् ।

    ad space

    यस्तो छ झाँक्रीको धारणा

    हामीले ७६(५) को प्रमको लागि संघिय संसदका माननीय सदस्य माननीय शेरबहादुर देउवालाई समर्थन गरेका थियौँ। १४९ जनाको समर्थन हुँदा पनि राष्ट्रपतिबाट नियुक्ति नभएपछि १४६ जना सदस्यहरू सर्वोच्च अदालतको ढोका ढकढकाउन पुगेका हौँ। अदालतले परमादेशको आदेश जारी गरेपछि बनेको सरकार र प्रधानमन्त्रीलाई विश्वासको मत दिनु हाम्रो कर्तव्य हो। सकिन्छ नेकपा एमालेले संस्थागत निर्णय गरी फ्लोरमा बसेर विश्वासको मतको पक्षमा भोट हालौँ। त्यसो गर्न सकिदैन भने सांसदहरूलाई संसदको पुरा कार्यकाल संचालन गर्न हामी सबैले विवेक प्रयोग गरी पक्षमा भोट हालौं। यदि त्यो पनि भएन भने हामी २३ जना निवेदककर्ताले भोट हाल्नु त हाम्रो कर्तव्य नै हो। हामीले विश्वासको मतको पक्षमा भोट हाल्नेछौं।

  • ad space
  • सिफारिस
    लोकप्रिय