• vacancy ad
  • बिपी प्रतिष्ठानको आन्दोलनप्रति प्रधानमन्त्री गैरजिम्मेवार बने : कांग्रेस

    nepali congress flag
  • Ad Space available
  • धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विभिन्न माग प्रस्तुत गरेर चिकित्सक, विद्यार्थी र कर्मचारीले जारी राखेको आन्दोलन एक महिना पुग्न लाग्दा पनि प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विषयलाई गम्भीरतापूर्वक लिएर समाधान पहल नगरेकोमा कांग्रेस गम्भीर चिन्ता व्यक्त गरेको छ ।

    कांग्रेसले प्रतिष्ठानमा जारी आन्दोलनको समाधान गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘प्रतिष्ठानको कुलपति हुनुको गहन दायित्व र कर्तव्य निर्वाह नगरेर मौन, निरपेक्ष या भूमिका शून्य बस्नु भनेको आफ्नो जिम्मेवारीप्रतिको चरम गैरजिम्मेवारी हो । कोभिड महामारी चलिरहेको बेला स्वास्थ प्रतिष्ठानमा लामो समय द्वन्द्व कायम रहँदा त्यसले समग्र प्रतिष्ठान र नागरिक समेतलाई गम्भीर असर पुग्दछ र पुगिरहेको छ भन्ने हेक्का कुलपतिलाई नहुनु दुःखद छ ।’

    ad space

    प्रतिष्ठानभित्र अनेकन बेथिति र अराजकता रहेको विवरण पटक–पटक सार्वजनिक भएको बताउँदै कांग्रेसले त्यसको ढाकछोप नभएर आवश्यक उपचार जरुरी रहेको बताएको छ ।

  • ad space
  • सिफारिस
    लोकप्रिय