युरोकप २०२० अन्तर्गत मंगलबार राति भएको सेमिफाइनल खेलमा स्पेनविरुद्ध इटालीले जित निकालेको छ । पेनाल्टी सुटआउटमा पुगेको खेलमा इटालीले जित निकाल्दै आफूलाई फाइनलमा प्रवेश गराएको हो ।
खेलको पूर्ण समयमा दुबै टिमले १-१ गोल गरेका थिए । अतिरिक्त ३० मिनेटको समयमा दुबै टिमले गोल गर्न नसक्दा खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । जसमा स्पेनले ४ प्रहार गर्दा २ गोल गर्यो भने इटालीले ५ प्रहारमा ४ गोल गर्न सफल भयो ।
खेलको पहिलो हाफ गोलबिहिन बनेको थियो । दोस्रो हाफको ६० औं मिनेटमा इटालीका फेडेरिको चिएसाले गोल गर्दै खेलमा १-० को अग्रता बनाएका थिए । स्पेनका अल्भारो मोराटाले ७९ औं मिनेटमा स्पेनका लागि गोल गर्दै खेललाई बराबरी बनाए ।
पेनाल्टी सुटआउटमा आश गरीएका दूई खेलाडी चुके । खेललाई बराबरीमा ल्याउन गोल गरेका स्ट्राइकर मोराटा र गोलमा असिस्ट गरेका अल्मो दुबै पेनाल्टी सुटआउटमा चुक्न पुगे ।
सेमिफाइनल अन्तर्गतको दोस्रो खेल बुधबार राति हुनेछ । जसमा इङ्ल्याण्डले डेनमार्कको सामना गर्नेछ । इटालीले आइतबार राति नेपाली समय अनुसार १२:४५ बजे इङ्ल्याण्ड वा डेनमार्कमध्ये विजयी टिमसँग फाइनल खेल खेल्नेछ ।