• vacancy ad
  • खोप किन्‍न सिनोफार्मसित सम्झौता, २४ असारदेखि निरन्तर आपूर्ति

  • Ad Space available
  • नेपालले चीनको सिनोफार्मसित कोरोना भाइरसविरुद्धको भेरोसेल खोप खरिदका लागि सम्झौता गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विज्ञप्ति खोप खरिद सम्झौताअनुसार नेपालले अब साप्ताहिक रूपमा खोप प्राप्त गर्ने जनाइएको छ ।

    सम्झौताअनुसार २४ असारबाट खोप आपूर्ति सुरु हुने र त्यसपछि साप्ताहिक रूपमा विभिन्न चरणमा खोप आपूर्ति हुने मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

    ad space

    ‘पछिल्लो समय खोप प्राप्त गर्ने सन्दर्भमा नेपाल सरकारबाट चीनको बेइजिङस्थित सिनोफार्म कम्पनीसँग खोप खरिदका लागि भएको सम्झौताअनुसार २०७८ असार २४ गतेबाट खोप आपूर्ति सुरु भइ तत्पश्चात साप्ताहिक रूपमा विभिन्न चरणमार्फत खोप आपूर्ति गर्ने तयारी भएको छ,’ प्रवक्ता पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

    खोपको निरन्तर आपूर्तिबाट कोभिड-१९ विरुद्धको खोप अभियानलाई निरन्तरता दिने व्यवस्था मिलाइने मन्त्रालयले जनाएको छ । खोप खरिद सम्झौता गरी निरन्तर खोप प्राप्त गर्ने बताइ पनि कति खर्चिएर कति मात्रा खरिद गर्न लागिएको भन्ने मन्त्रालयले उल्लेख गरेको छैन ।

    सुरुमा नेपालले भारतको सिरमसित खोप किन्ने सम्झौता गरेर रकम समेत पठाएको थियो । कोरोनाको नयाँ भेरिन्टसहित संक्रमण तीव्र भएपछि भारतले खोप निर्यातमा प्रतिबन्ध लगाउँदा सेरमले नेपाललाई दिने भनेको १० डोज खोप दिन सकेको छैन । नेपालले भारतसित खोप किन्ने विकल्प नभएपछि चिनियाँ कम्पनीसित नन् डिस्क्लोजेवल एग्रिमेन्ट (एनडीए) अनुसार खोप खरिद गर्न लागेको हो ।

    त्यस्तै, कोभ्याक्स सुविधाबाट समेत छिट्टै थप खोप प्राप्त हुने पनि मन्त्रालयले बताएको छ ।

  • ad space
  • सिफारिस
    लोकप्रिय