• vacancy ad
  • देशभर वर्षा, यी नदीमा बढ्न सक्छ बहाव

  • Ad Space available
  • मौसम पूर्वानुमान महाशाखाले मनसुनी वायुको सक्रिय रहेकाले देशका धेरै भूभागमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरेको छ ।

    महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा मध्यमदेखि भारी वर्षा भई बाँकी प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

    ad space

    यसैगरी, दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने महाशाखाको अनुमान छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    त्यस्तै, प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षा तथा एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ

    आज कर्णाली महाकाली र यसका सहायक नदीमा बहाब सामान्य रहने, भोटेकोशी, तामाकोशी, दुधकोशी, सुनकोशी लगायत कोशीका सहायक नदीहरू तथा नारायणी र यसका सहायक नदीहरू वरशुली, बुढीगण्डकी, कालीगण्डकी, मस्यााङ्दीलगायतमा बहाव उल्लेख्य बढ्ने र केहीमा सतकाता तह आसपास पुग्न सक्ने अनुमान बाढी पूर्वानुमान महाशाखाले गरेको छ ।

    त्यस्तै आज पश्चिम राप्ती, बबईमा बहाब सामान्त्य रहने, कन्काई, कमला, बागमती र पूर्वी राप्ती जलाधाराका केही सहायक नदीहरूमा मध्यमदेखि भारी वर्ष भई बहाब उल्लेख्य बढ्ने र सतकाता तह पुग्न सक्ने पूर्वानुमान गरिएको छ ।

  • ad space
  • सिफारिस
    लोकप्रिय