• vacancy ad
  • राष्ट्रियसभामा विपक्षीले प्रधानमन्त्री र राष्ट्रपतिका गलत कामबारे प्रश्‍न उठाउने

  • Ad Space available
  • विपक्षी दलहरूले राष्ट्रियसभाको आठौँ अधिवेशनमा सरकारका कामकारबाही र राष्ट्रपतिको कामबारे प्रश्न उठाउने भएका छन् ।

    बिहीबार राष्ट्रियसभाको आठौँ अधिवेशनको पहिलो बैठकबाट बाहिरिँदै गर्दा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेकपा माओवादी केन्द्रका राष्ट्रियसभा सदस्यले अधिवेशनमा सरकारका गलत कार्यविरुद्ध कडा र प्रभावकारी ढंगले प्रश्न उठाउने बताएका हुन् ।

    ad space

    प्रतिनिधिसभा पनि नभएको र मुलुकमा राजनीतिकलगायत विभिन्न क्षेत्रमा समस्या देखिएको भन्दै ती सबै विषय र जनताका सवालहरूबारे अधिवेशनमा सरकारसँग जवाफ माग्दै गलत निर्णयको जवाफ खोज्नुको साथै समस्या समाधानका निम्ति उपाय सुझाउने बताए ।

    राष्ट्रियसभा सदस्य रामनारायण विडारीले राष्ट्रियसभा भनेको एड्भाईजरी काउन्सिल जस्तो सभा पनि भएकाले सरकारले गरेका कामकारबाहीको आलोचना गरेर सुझाव दिन सक्ने बताए । प्रतिनिधिसभा नभएको बेलामा राष्ट्रियसभा झन् महत्त्वपूर्ण हुने भन्दै प्रधानमन्त्रीले गरेको ज्यादती, राष्ट्रिपतिबाट भएका बेठीक कामहरूबारे सभामा प्रश्न उठाउने बताए ।

    नेकपा माओवादी केन्द्रका दिनानाथ शर्माले मुलुकमा अहिले देखिएका विकृति, विसंगति राष्ट्रियताका समस्या, संविधानमाथि भएका समस्याहरू र लोकतन्त्रमाथि आएका खतराका विषयमा पनि राष्ट्रियसभामा सशक्त आवाज उठाउने बताए । उनले समसामयिक विषयहरूलाई राष्ट्रियसभाबाट सशक्त रूपमा प्रस्तुत गरेर प्रभावकारी बनाउनका लागि प्रयत्नशिल गर्ने पनि बताए ।

    उनले सभामा रहेका विधेयकहरूलाई टुंग्याउने तथा जनताका समस्या राख्ने थलोको रूपमा प्रयोग गरिनुपर्ने बताए । तर, सरकारले विजनेस नभएको भन्दै दुई/चार दिन मात्रै बैठक चलाएर अधिवेशन अन्त्य गर्ने गरेको भन्दै उनले आपत्ति जनाए ।

    जनता समाजवादी पार्टी नेपालका राष्ट्रियसभा सदस्य शेखर कुमार सिंहले राष्ट्रियसभाले पनि आफ्नै उपलब्धिमूलक कामहरू गर्न सक्ने भनेर नै उपल्लो सदनको परिकल्पना गरिएको उल्लेख गर्दे सौहर्दपूर्ण रूपमा सफल बनाउने बताए ।

  • ad space
  • सिफारिस
    लोकप्रिय