• vacancy ad
  • काठमाडौंमा भेरोसेलको दोस्रो मात्रा खोप लगाउने केन्द्र तोकियो [सूचीसहित]

  • Ad Space available
  • कोरोनाविरुद्धको खोप अभियानअन्तर्गत असार २२ देखि २४ गतेसम्म ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई भेरोसेल खोपको दोस्रो मात्रा लगाइँदै छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत जेठ २५ देखि २९ गतेसम्म भेरोसेल खोपको पहिलो मात्रा लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई दोस्रो खोप लगाइने लागिएको हो ।

    ad space

    काठमाडौं उपत्यकामा ६० देखि ६४ र उपत्यका बाहिर ६२ देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई भेरोसेल खोपको पहिलो मात्रा दिइएको थियो । तीन लाख ७० हजार ज्येष्ठ नागरिकले भेरोसेल खोपको पहिलो मात्रा लगाएका थिए ।

    मन्त्रालयका अनुसार बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म जनस्वास्थ्य मापदण्ड पालना गरेर काठमाडौं महानगरपालिकाका १२, कागेश्वरी मनोहरा, तारकेश्वर कीर्तिपुर बूढानीलकण्ड गोकर्णेश्वर टोखा नागार्जुन चन्द्रगिरि शंखरापुर नगरपालिकाका २/२ र दक्षिणकाली नगरपालिकाको एक वटा खोप केन्द्रबाट भेरोसेलको दोस्रो मात्रा लिन सकिने छ ।

  • ad space
  • सिफारिस
    लोकप्रिय