• vacancy ad
  • उपत्यकामा भोलिदेखि के–के खुल्छ ? हेर्नुहोस् आदेश [पूर्णपाठ]

  • Ad Space available
  • केन्द्रीय राजधानी काठमाडौं उपत्यकामा केही प्रावधानलाई खुकुल्लो बनाउँदै एक साता निषेधाज्ञा थपिएको छ ।

    काठमाडौं भक्तपुर ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सोमबार बिहान बसेको बैठकले निषेधाज्ञा लम्ब्याएको हो ।

    ad space

    मंगलबारदेखि २५ सिटभन्दा ठूला सार्वजनिक यातायातका साधनलाई जोर-बिजोर प्रणालीका आधारमा सञ्चालन गर्न दिने निर्णय गरेको छ । उपत्यकामा ट्याक्सी तथा निजी गाडी भने अघिल्लो हप्तादेखि नै जोरबिजोर प्रणालीमा सञ्चालन गर्ने निर्णय प्रशासनले गरिसकेको छ ।

    पसलहरूलाई लगाइएको बार प्रणाली हटेको छ । बैठकले किराना तथा खाद्यान्न पसल बिहानदेखि साँझ ६ बजेसम्म खोल्न दिने निर्णय गरेको हो ।

    काठमाडौं उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू भएको हो । पछिल्लो पटक थपिएको निषेधाज्ञा आज राति १२ बजेदेखि सकिँदैछ ।

  • ad space
  • सिफारिस
    लोकप्रिय