युरोकप २०२० अन्तर्गत शनिबार राती नकआउट चरणको पहिलो खेल सकिएको छ । वेल्सविरुद्ध मैदान उत्रिएको डेनमार्कले ४-० अन्तरको जित निकालेको छ ।
जितसँगै डेनमार्कले क्वाटरफाइनलमा प्रवेश गरेको छ भने पराजित भोगेको वेल्स भने प्रतियोगिताबाट बाहिरिएको छ ।
डेनमार्कमा लागि कस्पेर डोल्बेर्गले दुई गोल गरे । उनले खेलको २७ औं मिनेटमा पहिलो गोल गर्दै डेनमार्कलाई अग्रता दिलाएका थिए भने ४८ औं मिनेटमा उनले दोस्रो गोल गरे । ८८ औं मिनेटमा जोकिम मिहीले डेनमार्कमा लागि तेस्रो गोल गरे भने अतिरिक्त समयमा मार्टिन ब्रेथवेटले खेलको चौथो गोल गरेका थिए ।
खेलको ९० औं मिनेटमा वेल्सका खेलाडी ह्यारी विल्सनले रेडकार्ड पाएर मैदान बाहिरिनु परेको थियो । ह्यारीले मिहीलाई पछाडिबाट ट्याकल गरेपछि रेफ्रीले उनलाई सिधै रेडकार्ड दिएका थिए ।
सिफारिस
लोकप्रिय