अमेरिका भवन अचानक भत्किँदा ९९ जना बेपत्ता भएका छन् । अमेरिकाको फ्लोरिडा राज्यस्थित सर्फसाइड सहरमा एक १२ तले भवन भत्किएको हो ।
मायामी डेडकी मेयर डेनीयला लेभिन-काभाले हालसम्म १ सय २ जनाको अवस्था पत्ता लागेको र ९९ जना अझै बेपत्ता रहेको जानकारी दिइन् ।
भत्किएको उक्त भवन सन् १९८० बनेको थियो । भवनमा भएका २३० फ्याटमध्ये आधामा क्षति पुगेको बताइएको छ ।
बेपत्ता हुनेमा कैयौँ ल्याटिन अमेरिकीहरू रहेको समाचारमा जनाइएको छ । खोजीकार्य जारी रहँदा सानो आगलागी भए पनि त्यसलाई २० मिनेटभित्रै नियन्त्रणमा लिइएको स्थानीय अग्नि नियन्त्रण प्रमुखको भनाइ छ ।
राष्ट्रपति बाइडनले गभर्नर रोन डिसान्टिसबाट संकटकाल घोषणा आफूले कुरिरहेको बताएका छन् । उनले फीमा भनिने सङ्घीय आपत्तकालीन व्यवस्थापन निकायका अधिकारीहरू घटनास्थलमा पुगेको जनाए ।
MBPD and @MiamiBeachFire are assisting the Town of Surfside at a partial building collapse located at 8777 Collins Avenue in Surfside, Florida. Multiple police and fire agencies from across Miami-Dade are assisting. Please follow @MiamiDadeFire for updated information. pic.twitter.com/8tORIfZfjY
— Miami Beach Police (@MiamiBeachPD) June 24, 2021