नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको आकस्मिक बैठकले माओवादी केन्द्रबाट निर्वाचन जितेका स्थानीय जनप्रतिनिधिका र केही केन्द्रीय नेताहरूलाई कारबाही गरेको छ । एमाले–माओवादी एकतापछि माओवादी केन्द्र नफर्किएर एमालेमा प्रवेश गरेका उनीहरूलाई माओवादी केन्द्रले कारबाही गरेको हो ।
स्थानीय तहका १८ सहित केन्द्रीय समितिका केही नेताहरूले पार्टी छाडेका थिए । यसअघि पार्टी छोडेकाहरूलाई कारबाही गरेको पत्र निर्वाचन आयोगमा पठाए पनि केन्द्रीय कमिटीबाटै अनुमोदन हुनुपर्ने प्रावधानका कारण आयोगले त्यसबारे निर्णय लिएको थिएन ।
बैठकले केन्द्रीय तहका नेताहरूका बारेमा पनि कारबाहीको प्रस्तावलाई अनुमोदन गरेको छ । भर्चुअल माध्यमबाट भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकसित राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गरेका थिए ।
सिफारिस
लोकप्रिय