युरोकप २०२० अन्तर्गत शनिबार राती भएको खेलमा जर्मनीले पोर्चुगलविरुद्ध जित निकालेको छ । पोर्चुगललाई जर्मनीले ४-२ अन्तरले पराजित गरेको हो ।
खेलको १५ औं मिनेटमा नै पोर्चुगलका लागि कप्तान क्रिस्टियानो रोनाल्डोले गोल गर्दै अग्रता बनाएका थिए । तर, बिडम्बना पहिलो हाफमा नै पोर्चुगलले दुई आत्माघाती गोल खायो ।
३५ औं मिनेटमा पोचुर्गलका रुवेन डिअसले आफ्नै पोष्टमा गोल गरे । त्यसको ४ मिनेट पछाडि अर्थात् ३९ औं मिनेटमा राफेल गुरेरियोले पुन: पोर्चुगलको पोष्टमा आत्माघाती गोल गरे ।
खेलको ५१ औं मिनेटमा काई हावेर्टजले जर्मनीका लागि तेस्रो गोल गरे भने ६० औं मिनेटमा रोविन गुसेनले जर्मीनीको अग्रतालाई ४-१ बनाए ।
खेलको ६७ औं मिनेटमा पोर्चुगलका डिगो जोटाले पोर्चुगलका लागि गोल गर्दै जर्मनीको अग्रतालाई ४-२ मा झारेका थिए । तर, त्यसपश्चातको समयमा कुनै टिमले गोल गर्न सकेनन् । यदि आत्माघाती गोल नभएको थियो भने पोर्चुगल बराबरीमा रोकिने थियो ।
यो खेलसँगै जर्मनीले ३ अंक जोडेको छ । यसअघि आत्माघाती गोलकै कारण फ्रान्ससँग हार बेहोरेको जर्मनी समूह ‘एफ’ अन्तर्गत दोस्रो स्थानमा छ । हंगेरीविरुद्ध ३-०को जित निकालेको पोर्चुगल पनि ३ अंकसहित तेस्रो स्थानमा छ ।
समूहको शिर्ष स्थानमा भने ४ अंकसहित फ्रान्स छ । हंगेरी १ अंकसहित समूहको अन्त्यमा छ ।