युरोकप २०२० अन्तर्गत बिहिबार राती भएको खेलमा बेल्जियम डेनमार्कलाई २-१ अन्तरले हराएको छ । खेलको २ मिनेटमा नै डेनमार्कले पहिलो गोल गर्दै बेल्जियममाथि अग्रता बनाएको थियो । डेनमार्कका लागि युस्सुफ पलसनले पहिलो गोल गरेका थिए ।
तर, दोस्रो हाफको ५४ औं मिनेटमा बेल्जियमका लागि थोर्गन हाजार्डले गोल गर्दै खेललाई बराबरीमा ल्याए भने ७० औं मिनेटमा बेल्जियमका लागि डि ब्रुइनाले दोस्रो गोल गरे । सोही गोल निर्णायक गोल बन्न पुग्यो ।
समूह ‘बि’ अन्तर्गतको दुबै खेलमा जित हात पारेको बेल्जियम ६ अंकसहित समूहको शिर्ष स्थानमा छ । ६ अंक जोडेको बेल्जियम ‘नकआउट’ चरणमा प्रवेश गरिसकेको छ ।
यता दुबै खेल हारेको डेनमार्क समूहको अन्तिम स्थानमा छ ।
सिफारिस
लोकप्रिय