• vacancy ad
  • युरोकप २०२०: रोनाल्डोले दुई गोल गर्दा हंगेरीबिरुद्ध पोर्चुगलको शानदार जीत

  • Ad Space available
  • युरोकप २०२० को समूह ‘एफ’ अन्तर्गत मंगलबार राती भएको खेलमा हंगेरीबिरुद्ध पोर्चुगलले शानदार जीत हात पारेको छ । खेलमा पोर्चुगलले ३-० को जीत हासिल गरेको हो ।

    गोलविहिन बनेको खेलको पहिलो हाफमा पोर्चुगलले केही अवसर बनाएको थियो । तर, कुनै पनि अवसर गोलमा परिणत हुन सकेको थिएन । दोस्रो हाफको ८० औं मिनेटमा हंगेरीले गोल गरे पनि उक्त गोल ‘अफसाइड’ भएका कारण मान्यता दिइएको थिएन ।

    ad space

    खेलको ८४ औं मिनेटमा राफेल गुरेरियोले पोर्चुगलको लागि पहिलो गोल गर्न सफल भए । त्योसँगै ८७ औं मिनेटमा पोर्चुगलले पेनाल्टीको मौका पायो । पेनाल्टीमार्फत् पोर्चुगलका कप्तान किश्चियानो रोनाल्डोले गोल गर्दै खेलमा दोब्बर अग्रता बनाए ।

    ९० मिनेट सकिएपछि गरिएको थप समयमा किश्चियानो रोनाल्डोले पोर्चुगलको लागि तेस्रो गोल गरे । खेलमा जीत हासिल गरेसँगै पोर्चुगलले ३ अंक पाएको छ ।

  • ad space
  • सिफारिस
    लोकप्रिय