• vacancy ad
  • कोपा अमेरिका : चिलीले पाएको पेनाल्टीका कारण जीतबाट चुक्यो अर्जेन्टिना

  • Ad Space available
  • कोपा अमेरिका अन्तर्गत सोमबार राती भएको खेलमा अर्जेन्टिना र चिली बराबरीमा रोकिएका छन् । खेलमा दुबै टिमले १-१ गोल गर्न सफल भएका थिए ।

    खेलको ३३ औं मिनेटमा अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फ्रि किक मार्फत् पहिलो गोल गरेका थिए । मेसीको सोही गोलबाट अर्जेन्टिनाले अग्रता बनाएको थियो ।

    ad space

    दोस्रो हाफको ५७ औं मिनेटमा चिलीले पेनाल्टी पायो । चिलीका डिफेन्डर भिडालले गरेको पेनाल्टी प्रहारलाई अर्जेन्टिनी किप्पर मार्टिनेजले रोक्न सफल भएका थिए । तर, फर्किएर आएको बललाई चिलीका युडुआर्डो भर्गासले पुन: प्रहार गरि अर्जेन्टिनाको पोष्टमा गोल गरे ।

    खेल बराबरीमा टुंगिएसँगै कोपा अमेरिकाको ग्रुप ‘बि’ अन्तरगत रहेका अर्जेन्टिना र चिलीले १-१ अंक बाढेका छन् ।

  • ad space
  • सिफारिस
    लोकप्रिय