• vacancy ad
  • युरोकप २०२०: बेल्जियमको विजयी सुरुवात

  • Ad Space available
  • युरोकप २०२० मा उपाधीको दावेदारको रुपमा हेरिएको बेल्जियमले रसियाबिरुद्ध सहज जीत हासिल गरेको छ । समूह ‘बि’ अन्तर्गत शनिबार राती भएको खेलमा बेल्जियले रसियाबिरुद्ध ३-० को शानदार जीत हात पारेको हो ।

    खेलको सुरुवाती १० मिनेटमा नै रोमेलु लुकाकुले पहिलो गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए । थोमस म्युनियरले ३४ औं मिनेटमा बेल्जियमका थप गोल गर्दै अग्रतालाई दोब्बर बनाए । त्यस्तै, खेलको ८८ औं मिनेटमा लुकाकुले बेल्जियमका लागि तेस्रो गोल गरेका थिए ।

    ad space

    खेल जितेसँगै बेल्जियमले ३ अंक पाएको छ ।

  • ad space
  • सिफारिस