• vacancy ad
  • युरोकप २०२०: स्विट्जरल्याण्डको अफसाइड गोल, जसले वेल्सलाई हारबाट बचायो

  • Ad Space available
  • गएरातीबाट सुरु भएको युरोकप २०२० अन्तरगत आज स्विट्जरल्याण्ड र वेल्सबीच खेल भएको थियो । समूह ‘ए’ अन्तरगतको यस खेल बाराबरीमा सकिएको छ । खेलमा दुबै टिमले १-१ गोल गरेका छन् ।

    खेलको पहिलो हफ गोलविहिन बनेको थियो । दोस्रो हाफको सुरुवाती मिनेट अर्थात् ४९ औं मिनेटमा नै स्विट्जरल्याण्डले उक गोल गर्दै खेलमा अग्रता बनाएको थियो । खेलको ७४ औं मिनेटमा वेल्सले स्विट्जरल्याण्डको पोष्टमा गोल गर्दै खेललाई बराबरी र रोमान्चक बनाएको थियो ।

    ad space

    खेलको अन्तिम समय स्विट्जरल्याण्डका खेलाडीले वेल्सको पोष्टमा अर्को गोल गरेका थिए । तर, उक्त गोललाई रेफ्रीले मान्यता दिएनन् । वेल्सका खेलाडीले स्विट्जरल्याण्डका खेलाडी अफसाइड रहेको माग गरेपछि रेफ्रीले भिआरको सहायतामा गोल रद्द गरेका थिए । जसको कारण स्विट्जरल्याण्डले जित हासिल गरेन भने २०१६ मा सेमीफाइनलसम्म पुगेको वेल्स हारबाट बच्यो ।

    बराबरी खेल खेलेसँगै यी दुबै टिमले १-१ अंक पाएका छन् । समूह ‘ए’ अन्तरगत हिजो भएको खेलमा इटालीले टर्कीलाई ३-० ले हराउँदै  ३ अंक जोडेको छ ।

  • ad space
  • सिफारिस
    लोकप्रिय