• vacancy ad
  • एक महिलाले एकैपटक जन्माइन् १० सन्तान

  • Ad Space available
  • एजेन्सी। दक्षिण अफ्रिकामा एक महिलाले एकै पटकमा १० सन्तान जन्माएकी छन् । एक महिलाले एकै पटकमा सर्वाधिक बच्चा जन्मिएको पहिलो घटना हुनसक्ने बताइएको छ ।

    गोसियामे थमारा सिथोलेको गर्भको स्क्यान गर्दा पहिले ८ जना बच्चामात्रै देखिएको उनका पति टेबोहो सोतेत्सीले जनाएका छन् ।

    ad space

    तर पछि उनले १० बच्चा जन्माइन् । ३७ वर्षीय सिथोलेले पहिले पनि जुम्ल्याहा बच्चा जन्माएकी थिइन्।

    गर्भवती भएको २९ साता शल्यक्रिया गरेर १० बच्चा जन्माएपछि गिनिज वर्ल्ड रेकर्ड्सले सिथोलेको विषयमा अनुसन्धान गरिरहेको बताएको छ।

    सन् २००९ मा अमेरिकामा एक महिलाले एकै पटकमा आठवटा बच्चा जन्माएकी थिइन्। एकै पटक धेरै बच्चा जन्माएर बाँच्न सफल व्यक्तिको गिनिज वर्ल्ड रेकर्ड अहिले उनकै नाममा छ ।

    तर गत महिना मात्र मालीकी २५ वर्षीया हालिमा सिसेले नौवटा बच्चा जन्माएकी थिइन् । मोरक्कोको क्लिनिकमा उनी अहिले राम्रो स्वास्थ्य अवस्थामा रहेको बताइएको छ। एकै पटकमा तीन वटाभन्दा बढी बच्चा जन्मिने घटना दुर्लभ हुन्छन्।

  • ad space
  • सिफारिस
    लोकप्रिय