• vacancy ad
  • राजेन्द्र महतोको नेतृत्वमा जसपा गयो ओली सरकारमा

  • Ad Space available
  • काठमाडाैं। केपी शर्मा ओलीको पछिल्लो कदममा निरन्तर साथ दिएको जसपाको महन्थ ठाकुर-राजेन्द्र महतो पक्ष सरकारमा सहभागी भएको छ।

    जसपाबाट महतोको नेतृत्वमा १० जना नेता सरकारमा सहभागी भएका छन्। ८ जना मन्त्री र २ जना राज्यमन्त्री बनेका छन्। नेता महतोले उपप्रधानसहित शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन् ।

    ad space

    यस्तै शरतसिंह भण्डारीले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, अनिल झाले खानेपानी तथा सरसफाइ, विमल श्रीवास्तवले श्रम, रोजगार तथा सामाजिक सुरक्षा, लक्ष्मणलाल कर्ण भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, चन्दा चौधरी महिला बालबालिका तथा ज्येष्ठ नागरिक, एकवाल मिया वन तथा वातावरण, उमाशंकर अरगरियाले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाउनेछन्।

    यस्तै रेनुका गुरुङ महिला बालबालिका तथा ज्येष्ठ नागरिक र चन्द्रकान्त चौधरी उर्जा जलस्रोत तथा सिचाई राज्यमन्त्रीको जिम्मेवारी लिनेछन्।

  • ad space
  • सिफारिस
    लोकप्रिय