

काठमाडाैं । नेपाली कांग्रेसले बजेटमार्फत सरकारले जनतामा भ्रम छरेको दाबी गरेको छ । कांग्रेसको तर्फबार आधिकारि धारणा दिन सोमबार पत्रकार सम्मेलन गर्दै छाया सरकारका अर्थमन्त्री समेत रहेका नेता मिनेन्द्र रिजालले यस्तो प्रतिक्रिया दिएका हुन् ।
‘अनेकौ छलछाम र प्रपञ्च गरी प्रतिनिधिसभा बिघटन गरी वैधानिकता गुमाइसकेको छ । विघटनको वैधानिकता सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा लोकतान्त्रिक मूल्य र मान्यता विपरीत बजेट ल्याएको छ,’ उनले भने ।
जनताहरु कोरोनाबाट कसरी मुक्त हुने भन्नेमा केन्द्रित रहेका बेलामा प्रधानमन्त्री भने नेपालमा भएको विकाले विश्व चकित भएको भन्दै भ्रम छर्न व्यस्त रहेको कांग्रेस आरोप छ ।
प्रधानमन्त्रीले गत माघमा अघि ३ महिनाभित्रमा सबै नेपालीलाई खोप लगाउने बताएको तर हालसम्म पनि त्यसमा कुनै प्रगति नभएको भन्दै रिजालले सरकारको आलोचना समेत गरे । राम्रो कुटनीति बिना नै पत्र पठाएकै भरमा खोप आउँछ भन्ने कमजोर प्रयास भएको उनले बताए ।
रिजालले प्रधानमन्त्रीले कोरोना महामारीका विषयमा दिएको हल्का टिप्पणी नै आजको अवस्था आइपुग्नुमा कारक रहेको आरोप लगाए ।
उनले भर्खरै निर्वाचनबाट विजयी भएर आएको जस्तो गरी कामचलाउन सरकारले बजेट ल्याएको बताए । उनले बहिगर्मनको अवस्थामा पनि भ्रम छर्न प्रधानमन्त्री व्यस्त रहेको समेत बताए ।
सरकार गठन भएपछि नै कुनै पनि आर्थिक वर्षसम्म २ खर्ब ५० अर्ब पुँजीगत खर्च गर्न नसकेको सरकारले आगामी वर्षमा ३७५ अर्ब खर्च गर्ने योजना बनाएको आरोप लगाए । उनले भौतिक पूर्वाधारमा भनिए जस्तो लक्ष्य प्राप्ति नभएका टिप्पणी गरे ।
उनले सरकारले कुनै पनि आर्थिक वर्षमा राजस्व संकलनको लक्ष्य पूरा गर्न नसकेको बरु स्वदेशी र विदेशी ऋण थोपरिरहेको बताए ।
उनले लगानीको वातावरण बनाउनुका साटो भ्रम छरिरहेको बताए । उनले कोरोनाका कारण थप १२ लाख गरिबीको रेखामुनी जान बाध्य भएको बताए । उनले कोरोना खोप सहज उपलब्ध गराउन नसक्नु सरकारको कमजोरी भएको बताए ।