काठमाडाैं । संवैधानिक तथा सरकारी निकायहरूला एमालेको माधव नेपाल पक्ष सहितको विपक्षी गठबन्धनले सरकारका असंवैधानिक काममका साथ नदिने आग्रह गरेको छ ।
आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो अपिल गरिएको हो ।
कांग्रेस पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको बैठकपछि संयुक्त विज्ञप्ति जारी गरिएको हो । विज्ञप्तिमा सरकारले निरन्तर असंवैधानिक कदममा चालेकोले साथ नदिन भनिएको छ ।
‘संवैधानिक सर्वोच्चता, कानुनी शासन प्रणाली र स्वतन्त्र न्यायालय रहेको हाम्रो देशमा सवोच्च अदालतबाट संवैधानिक व्यवस्थाको संरक्षण भई न्याय प्राप्त हुनेमा हामी विश्वस्त छौँ ।
लामो कठोर संघर्षबाट प्राप्त नेपालको संविधान र लोकतन्त्रको पक्षमा एकतावद्ध सशक्त किसिमले आवाज उठाउन र दृढताका साथ अग्रसर हुन हामी सम्पूर्ण राजनीतिक दलका नेता र कार्यकर्ताहरू तथा आमजनसमुदायमा हार्दिक आह्वान गर्दछौँ,’ विज्ञप्तिमा उल्लेख द्छ ।
विपक्षी गठबन्धनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको मिलेमतोमा भएको संसद् विघटनको राजनीतिक रूपमा प्रतिरोध गर्ने निर्णय पनि गरेको छ ।