

धनगढी। नेकपा एमालेको केपी ओली पक्षले सुदूरपश्चित प्रदेश सरकारमा मन्त्री भएका तीन जनालाई पार्टीको साधारण सदस्यबाट निष्कासन गरेको छ ।
पार्टीको निर्णय उल्लंघन गरेर मन्त्रीबाट फिर्ता नभएको भन्दै ओली पक्षले संसदीय दलका नेता समेत रहेका प्रकाश शाह, कृष्ण सुवेदी र माया भट्टलाई पार्टीबाट हटाएको हो ।
१० गते बसेको ओली पक्षको स्थायी कमिटी बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको थियो ।
सरकारबाट फिर्ता हुन अटेर गरेको र प्रदेश कमिटीले सोधेको स्पष्टीकरणको जवाफ समेत चित्तबुझ्दो नदिएर माओवादी नेतृत्वको सरकारमा सहभागी भएको आरोप लगाइएको छ ।
शुक्रबार नै प्रदेश सरकार पुनर्गठन गरिएको छ । जसमा शाह पुनः मन्त्री बनेका छन् भने सुवेदी र भट्टले राजीनामा दिएका छन् ।
सिफारिस
लोकप्रिय