पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले बुधबार ५ जना मन्त्री नियुक्त गरेर मन्त्रिपरिषद विस्तार गरेका छन् ।
बुधबार किरण गुरुङले आर्थिक मामिला तथा योजनामन्त्रीमा शपथ लिएका छन् भने रामशरण बस्नेत, विकास लम्साल र नरदेवी पुनले विना विभागीय मन्त्रीका रुपमा शपथ ग्रहण गरेका छन्। युवा तथा खेलकुदमन्त्रीमा नियुक्त दीपक मनाङे भने शपथ ग्रहण समारोहमा उपस्थित थिएनन्।
यसअघि बस्नेत भौतिक पूर्वाधार, लम्साल उद्योग पर्यटन वन तथा वातावरण र पुन सामाजिक विकासमन्त्री थिए ।
कोरोना संक्रमित भएर होम आइसोलेसनमा रहेका बेला वैशाख २९ गते गुरुङ सबैभन्दा ठूलो दलको नेताको रुपमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । अहिले पनि होम आइसोलेशनमा रहेका गुरुङले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ ।
सिफारिस
लोकप्रिय