काठमाडौं । प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रदेशप्रमुख नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश १ मा तेह्रथुमका परशुराम खापुङ, कर्णाली प्रदेशमा बाँकेका तिलक परियार र सुदूरपश्चिम प्रदेशमा बाजुराका देवराज जोशीलाई प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन् ।
उनीहरूलाई संविधानको धारा १६३ को उपधारा (२) बमोजिम प्रदेश प्रदेश प्रमुखमा नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।आजै राष्ट्रपति भण्डारीले प्रदेश १ का सोमनाथ अधिकारी ‘प्यासी’, कर्णाली प्रदेशका गोविन्दप्रसाद कलौनी र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख गंगाप्रसाद यादवलाई पदमुक्त गरेकी थिइन् ।
सिफारिस
लोकप्रिय


