• vacancy ad
  • बर्दियामा बाढीका कारण ९६० घर प्रभावित

  • Ad Space available
  • बर्दियाको राजापुर नगरपालिका र गेरुवा गाउँपालिका क्षेत्रमा बाढी पसेको छ । बाढीका कारण ९६० घर डुबानमा परेका छन् ।

    राजापुरको भदाली नालाबाट पसेको पानीले दौलतपुर, चनौरा, सोनपुर, मुर्गहवा क्षेत्र डुबानमा परेको छ ।

    गेरुवाको बनकट्टीबाट पसेको पानीले सनकट्टी, रानीपुर क्षेत्र डुबानमा परेको जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले बताए।

    कर्णाली नदीको पानीले खतराको तह पार गरेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाले स्थानीयको उद्धार गरेका छन् ।

    सिफारिस
    लोकप्रिय