• vacancy ad
  • उपाधि जित्ने कामना गर्दै नेपाली फुटबल टोलीले मनायो दसैँ

  • Ad Space available
  • साफ च्याम्पियनसीपका लागि माल्दिभ्स भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्यहरुले दसैँ मनाएका छन् । फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसहित अन्य सदस्यहरुले एक आपसमा टीका र जमरा लगाएर दसैँ मनाएका हुन् ।

    अल्मुताइरीले ढाका टोपीमा सजिएर अन्य सदस्यबाट दसैँको टीका ग्रहण गरेका थिए । उनीहरूले फाइनल खेल जित्ने कामना गर्दै दसैँको टीका लगाएर विजयादशमी मनाएका हुन् ।

    ad space

    बुधबार भएको खेलमा बङ्गलादेशलाई बराबरीमा रोक्दै नेपाल पहिलोपटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ । बुधबार नै भारतले मालदिभ्सलाई ३–१ ले पराजित गर्दै नेपालसँगको उपाधि भिडन्त पक्का गरेको थियो । अब फाइनलमा नेपाल र भारतबीच प्रतिस्पर्धा हुनेछ ।

  • ad space
  • सिफारिस
    लोकप्रिय