• vacancy ad
  • सर्वोच्चको आदेश– रुवी खानलाई २८ गते उपस्थित गराउनू

  • Ad Space available
  • काठमाडौं । प्रहरी नियन्त्रणमा रहेकी नेपालगञ्जकी अधिकारकर्मी रूवी खानलाई असोज २ड गते उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ ।

    अधिवक्ता मोहना अन्सारीले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै
    न्यायाधीश डा.आनन्दमोहन भट्टराईको इजलासले खानलाई २८ गते उपस्थित गराउन आदेश दिएको हो ।

    नेपालगञ्जका दुई जना महिलाको शंकास्पद मृत्युको घटना अनुसन्धानको माग गर्दै आएका आफन्त र अधिकारकर्मी न्यायका लागि पैदल हिँडेर एक सातअघि काठमाडौं आएका छन्।

    माइतीघरमा धर्ना बसेकै ठाउँबाट प्रहरीले गत शुक्रबार अधिकारकर्मी रुवी खानलाई पक्राउ गरेर नेपालगञ्ज लगेको थियो ।

    उनलाई तत्काल रिहा गर्न माग गर्दै मोहना अन्सारीले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरेकी थिइन् ।

    सो रिटमा सुनुवाइ गर्दै आइतबार न्यायाधीश दीपककुमार कार्कीको इजलासले २४ घण्टाभित्र खानलाई सर्वोच्चमा उपस्थित गराउन आदेश दिएपनि प्रहरीले खानलाई उपस्थित गराएको छैन ।

    सिफारिस
    लोकप्रिय