रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा आइतबार भएको झडपमा परी ४ जनाको
मृत्यु भएको छ ।
झडपमा गम्भीर घाइते भएका उनीहरूको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवामा मृत्यु भएको हो ।
मृत्यु हुने ३ जनाको नाम र ठेगाना खुल्न बाँकी छ । बुटवल–१७ र १८ मा पर्ने मोतिपुर औद्योगिक क्षेत्रको जग्गा कब्जा गरेर बसेकाहरुलाई हटाउने क्रममा झडप भएको हो ।
झडपका क्रममा अन्य ३१ जना घाइते भएका छन् । झडपमा परेर घाइते भएका ८ जना सर्वसाधारण र ५ जना प्रहरी गरी १३ जनालाई मेडिकल कलेजमा लगिएकोमा तीन जनाको बाटोमा नै मृत्यु भएको अस्पतालले जनाएको छ ।
घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ ।
सिफारिस
लोकप्रिय


