• vacancy ad
  • हमाल कांग्रेसको कोटाबाट मन्त्री भएका हुन्, अनावश्यक चर्चा गर्नुको अर्थ छैन : प्रचण्ड

  • Ad Space available
  • नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गजेन्द्र हमाल नेपाली कांग्रेसका नेता रहेका कारण मन्त्री भएको दाबी गरेका छन् । शुक्रबार मात्रै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री नियुक्त भएका हमालले प्रधान्यायाधीशको कोटाबाट उक्त पद पाएको खबर बाहिरिएपछि प्रचण्डको यस्तो प्रतिक्रिया आएको हो ।

    शनिबार भरतपुर विमानस्थलमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको सिफारिसबाट हमाल मन्त्री बनेकोबारे सोधिएको प्रश्नमा प्रचण्डले भने, “सांसद नभएका व्यक्ति पनि मन्त्री हुनसक्ने व्यवस्था छ, उहाँ कांग्रेसको कोटाबाट मन्त्री भएकाले अनावश्यक चर्चा गर्नु आवश्यक छैन । संसद विघटनबाटै नेपालमा सेटिङ भन्ने शब्द खुब चर्चामा छ, कसैलाई फेरि यही भन्न मन लाग्यो होला तर त्यस्तो होइन।”

    ad space

    हमाल कांग्रेसका जिल्ला सभापति भइसकेका व्यक्ति भएको पनि बताए ।

    उनले फरक प्रसंगमा नेकपा एमालेले अनावश्यकरु पमा संसद अवरुद्ध गरिरहेको आरोप पनि लगाए । उनले विरोध गर्नै नपर्ने विषयमा विरोध गरेर संसद विघटनलाई जायज पुष्टि गर्ने प्रयास एमालेले गरिरहे बताउँदै उनले एमालेको रणनीति सफल हुन नदिने बताए । उनले एमालेतर्फ लक्षित गर्दै भने, “संसद चाहिँदैन भने छोडेर गए हुन्छ, हामी छँदैछौं ।”

    एमसिसी दलीय सहमतिमा परिमार्जनसहित पारित हुने उनको भनाइ छ । उनले कोरोनाविरुद्धको खोपको व्यवस्था गरी नागरिकको जीवन रक्षा गर्ने वर्तमान सरकारको पहिलो प्राथमिकता रहेको बताए ।

  • ad space
  • सिफारिस
    लोकप्रिय