प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्न शीतलनिवास पुगेका छन् ।
मन्त्रिपरिषद् विस्तारको तयारीमा रहेका देउवा त्यसबारे छलफल गर्न राष्ट्रपति कार्यालय गएका हुन् । देउवाको सचिवालयले मन्त्रिपरिषद् विस्तारबारे छलफलका लागि देउवा शीतलनिवास गएको जनाएको छ ।
बिहीबार बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले मन्त्रालय भागबण्डाको विषयमा सहमति जुटाएपछि देउवाले शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । प्रधानमन्त्री बनेको झण्डै तीन महिना पछि देउवाले मन्त्रिमण्डललाई पूर्णता दिने भएका हुन् ।
सिफारिस
लोकप्रिय


