• vacancy ad
  • साहित्यतर्फको नोबेल पुरस्कार अब्दुलरजाक गुर्नाहलाई

  • Ad Space available
  • काठमाडौं। यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार तान्जानियाका उपन्यासकार अब्दुलरजाक गुर्नाहलाई प्रदान गरिने भएको छ।

    बिहीबार स्वीडिस एकेडेमीले यस वर्षको साहित्य तर्फको नोबेल पुरस्कार दिने निर्णय गरेको हो।

    ad space

    गुर्नाहलाई आफ्नो कृतिमा उपनिवेशवादको प्रभाव र संस्कृति तथा खाडी क्षेत्रमा शरणार्थीको भाग्यको विषयमा गरेको चित्रणका लागि नोबेल पुरस्कार दिने निर्णय गरेको हो ।

    गुर्नाहको जन्म सन् १९४८ मा भएको हो । उनले बाल्यकाल तान्जानियाको जन्जिबार टापुमा बिताएका थिए।

    उनी सन् १९६० को दशकमा शरणार्थीको रुपमा बेलायत पुगेका थिए । उनले १० उपन्यास लेखेका छन् । उनका धेरैजसो कृतिमा शरणार्थीहरुको समस्यालाई उल्लेख गरिएको छ ।

    नोबेल पुरस्कार दिने ६ वटा विधामध्ये शरीर विज्ञान तथा चिकित्साशास्त्र, भौतिकशास्त्र, रसायनशास्त्रको नोबेल पुरस्कार घोषणा भइसकेको छ भने शान्ति र अर्थशास्त्रको पुरस्कारको घोषणा हुन बाँकी छ ।

  • ad space
  • सिफारिस
    लोकप्रिय