• vacancy ad
  • उपचारपछि एकीकृत समाजवादीका अध्यक्ष नेपाल डिस्चार्ज

  • Ad Space available
  • काठमाडाैं। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल स्वास्थ्य उपचारपछि आज घर फर्किएका छन्।

    अध्यक्ष नेपाललाई ज्वरो र खोकीको समस्या देखिएपछि यही असोज १३ गते त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल भर्ना भएका थिए।

    उनी स्वास्थ्य उपचारपछि कोटेश्वरस्थित निवास फर्किएको एकीकृत समाजवादीका केन्द्रीय सदस्य दीलुकुमारी पन्तले जानकारी दिइन्।

    वरिष्ठ छातिरोग विशेषज्ञ डा.सन्तकुमार दाससहितको चिकित्सक टोलीले अध्यक्ष नेपालको उपचार गरेको थियो ।

    सिफारिस
    लोकप्रिय