नकपुर बम काण्डका मुख्य योजनाकार भएको अभियोगमा जिल्ला अदालत धनुषाले जन्मकैदको सजाय सुनाएको संजय साह (टकला)को फैसला उच्च अदालत जनकपुरले उल्ट्याएको छ।
उच्च अदालत जनकपुरले जिल्ला अदालतले गरेको जन्मकैदको फैसला कम गर्दै साहलाई ७ वर्ष मात्रै सजाय हुने फैसला गरेको हो।
जिल्ला अदालतको फैसलाविरुद्ध अभियुक्त साहले उच्च अदालत जनकपुरमा गरेको रिटमाथि सुनुवाई सुरु गर्दै आइतबार साँझ न्यायाधीशद्वय धीर बहादुर चन्द र मेश ढकालको संयुक्त इजलासले यस्तो फैसला सुनाएको हो।
सहमाथि ज्यान मार्ने उद्योग र कर्तव्य ज्यान मुद्दा चलेको छ। जसमा ज्यान मार्ने उद्योगमा जिल्ला अदालतले गरेको जन्मकैदको फैसला उल्ट्याउँदै ७ वर्ष मात्रै सजाय हुने फैसला भएको उच्च अदालतले जनाएकाे छ ।
सिफारिस
लोकप्रिय


