• vacancy ad
  • भ्रष्टाचारमा दोषी ठहर व्यक्ति एमाले अनुशासन आयोगका सचिव

  • Ad Space available
  • काठमाडौं । नेकपा(एमाले)ले भ्रष्टाचारमा दोषी ठहर भएका व्यक्तिलाई पार्टीकाे अनुशासन आयोगको सचिवमा चयन गरेकाे छ । भ्रष्टाचारमा दोषी ठहर भएका भरत पहारीलाई अनुशासन आयोगको सचिव बनाएको हो । अकुत सम्पत्ति आर्जन मुद्दामा उनलाई बिशेष अदालतले दोषी ठहर गरेको छ ।

    उनी इन्जिनियरीङ अध्ययन संस्थानका पूर्व डिन हुन् । पोखराको लेकसाइडमा स्वीस इन्टरनेशनल होटलका सञ्चालक उनले उक्त हाेटल अकुत सम्पत्तिबाट बनाएकाे बताइएकाे छ ।

    दुई वर्षअघि उनलाई ९८ लाख ९३ हजार रुपैयाँ बराबरको सम्पतिको स्रोत नखुलेको भन्दै विशेष अदालतले कैद तथा जरिवानाको फैसला सुनाएको थियो। अख्तियारले पहारीले अकुत सम्पति कमाएको भन्दै २०७३ साउन २४ मा ४ करोड रुपैयाँ भन्दा धेरैको विगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

    सिफारिस
    लोकप्रिय