• vacancy ad
  • ४२ नमुनाको अनुवांशिक अध्ययन गर्दा ४१ मा डेल्टा भेरियन्ट पुष्टि

  • Ad Space available
  • कोरोना भाइरस सङ्क्रमणको अनुवांशिक (जीन सिक्वेन्सिङ) अध्ययन गर्दा नेपालमा डेल्टा भाइरस भेटिएको छ ।

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र त्रिभुवन विश्वविद्यालय (त्रिवि) जैविक प्रविधि केन्द्रीय विभागमा गरिएको अनुवांशिक अध्ययनमा सबैमा डेल्टा भाइरस भेटिएको हो ।

    प्रयोगशालाका निर्देशक डा रुणा झाले ४२ नमूनाको अनुवांशिक अध्ययन गरिएकोमा ४१ वटामा डेल्टा भाइरस र एक वटामा ‘क’ जीन नेगेटिभ भएको अल्फा भेरियन्ट देखिएको बताइन् ।

    प्रयोगशालामा २६ र केन्द्रीय विभागमा १६ अनुवांशिक अध्ययन गरिएको थियो । ४१ नमूना भदौ र असोज तथा एउटा वैशाखमा सङ्कलन गरिएको थियो ।

    राष्ट्रिय प्रयोगशालालाई विश्व स्वास्थ्य सङ्गठनले र केन्द्रीय विभागलाई वाशिङ्टन विश्वविद्यालयले प्राविधिक सहयोग गरेको थियो । निर्देशक डा झाले अब नेपालमैै सङ्क्रमणको अनुवांशिक अध्ययन गर्न सकिने बताइन् ।

    सिफारिस
    लोकप्रिय